- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशिपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् ।
पाँच चरणको समाप्तिमा ४ दशमलब ५ अंक जोड्दै थापाले आफू लयमा रहेको क्रमशः प्रमाणित गरिरहेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफुभन्दा कम वरियताका भारतीय खेलाडी मधुसुदनन केआरसँग बराबरीमा रोकिए भने आइतबार राति सम्पन्न पाँचौं चरणको खेलमा प्रतियोगिताका दोश्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे ।
च्याम्पियनशिप अन्तर्गत सोमबार मध्यान्ह हुने छैटौं चरणको खेलमा थापाले दोश्रो बोर्डमा ईरानका महमुदी एम सदेगसँग प्रतिष्पर्धा गर्नेछन् । पाँच चरण पश्चात् ईरानी खेलाडीद्धय फुलाडी बेहरुज र जमती सोभन पाँच पाँच अंकका साथ शिर्ष स्थानमा रहेका छन् भने ईरानकै महमुदी, पाकिस्तानका जुनाईद सोहिल र नेपालका कृष्ण थापा समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।
नौ चरणसम्म चल्ने च्याम्पियनशिपका बाँकी ४ खेलमा समेत अनुकुल नतिजा निकालेर नेपाल र नेपालीलाई दशैंको उपहार दिन आतुर रहेको कृष्ण थापाले बताए ।
२० एसियाली देशका १४६ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको च्याम्पियनशिप विजयादशमीको दिन सम्पन्न हुने छ ।