arrow

त्रिशुली नदीमा खसेर कार बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
trisuli-river-rafting.jpg.jpeg
फाइल तस्वीर

पोखरा । पोखराबाट झापा जाँदै गरेको कार त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । आज बिहान करिब ७ बजे बा१०च ४५५४ नम्बरको कार मुग्लिन-नारायणगढ सडकमा पर्ने भरतपुर महानगरपालिका वडा नं. २९ सत्रकिलोबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो । 

कारमा रहेका दुई जना भने सकुशल रहेको चितवन प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

कार झापा जिल्ला दमक नगरपालिका वडा नं. ३ का ५२ वर्षीय लिला भट्टराईले चलाएका थिए भने उनीसँगै उनकी श्रीमती ४० वर्षीया देउकला दाहाल पनि थिइन् ।

दुवै जना सामान्य घाइते भएको डिएसपी पण्डितले जानकारी दिए । कारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ