arrow

सत्ताधारी पाँच दलबीच सिट बाँडफाँट गर्न बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १७ सोमबार
gathabandha-five-parties (1).jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा बसेको छ ।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने विश्वास गरिएको छ । प्रतिनिधि सभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेश सभातर्फको पनि अन्तिम रूप पाउने कार्यदल सचिवालयका सचिव केशवराज जोशीले जानकारी दिए ।

 राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यदल सदस्य रहेका हिमलाल पुरी पनि प्रतिनिधि सभातर्फको थोरै मात्र सहमति गर्न बाँकी रहेको बताउँछन । आजको शीर्ष नेतृत्वले प्रतिनिधि सभा र प्रदेश सभातर्फको सिट बाँडफाँट सक्ने गरी कार्यदलले काम सकेर बुझाएको उनले सुनाए । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको जनाइएको छ ।



नयाँ