- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले आईसीसी टी–२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो ।
उनको ढाडमा स्ट्रेस फ्याक्चर भएकाले ४ देखि ६ महिनासम्म मैदानबाट बाहिर रहन सक्ने अनुमान गरिएको छ ।
दक्षिण अफ्रिकाविरुद्धको श्रृंखलामा टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहँदैन थियो । विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।