- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ । इन्दोरमा भएको खेलमा दक्षिण अफ्रिकाले घरेलु टिमलाई ४९ रनले पराजित गरेको हो ।
योसँगै तीन खेलको श्रृंखला भारतले २–१ ले जितेको छ । शुरुआती दुवै खेल जितेको भारतको क्लिनस्विप गर्ने सपना भने अधुरै रह्यो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३ विकेटको क्षतिमा दुई सय २७ रन बनायो ।
रिली ररसोले ४८ बलमा अविजित रहँदै ८ छक्का र सात७ चौकाको मद्धतले सय रन बनाए । ओपनर क्विन्टन डी ककले ४३ बलमा ६८ रन बनाए ।
भारतका दीपक चहर र उमेश यादवले एक–एक विकेट लिए ।
जवाफमा भारतले १८.३ ओभरमा अलआउट हुँदै एक सय ७८ रनमात्र बनाउन सक्यो । दिनेश कार्तिकले २१ बलमा ४६ रन जोडे । दीपक चहरले १७ बलमा ३१, ऋषव पन्तले १४ बलमा २७, उमेश यादवले १७ बलमा अविजित रहँदै २० रन बनाए ।
दक्षिण अफ्रिकाका ड्वाइन प्रेटोरियसले तीन विकेट लिए भने वायन पार्नेल, लुंगी एनगिडी र केशव माहाराजले दुई–दुई विकेट लिए । कागिसो रावाडाले एक विकेट लिए ।
रसो प्लेयर अफ द म्याच भए । अन्तिम खेलमा आठ रनमात्र बनाएका सूर्यकुमार यादव प्लेयर अफ द सिरिज भए ।
भारतले पहिलो खेलमा ८ विकेट र दोस्रो खेलमा १६ रनको जित हासिल गरेको थियो ।
अब दुवै टिमले तीन खेलको एक दिवसीय श्रृंखला खेल्नेछन् । पहिलो एक दिवसीय बिहीबार लखनउमा शुरु हुनेछ ।