arrow

सवारी दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
accident-final_1618193180.jpg

पोखरा । चितवनमा जीपको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ का ४८ वर्षीय मित्रलाल पङ्गेनी रहेका छन् । 

सो दुर्घटनामा उनकी श्रीमती ४० वर्षीया राधा पङ्गेनी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३६ प ११७४ नम्बरको पङ्गेनी दम्पत्ति सवार मोटरसाइकललाई नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा१५च ७४७९ नम्बरको जीपले भरतपुर महानगरपालिका वडा नं. २९ सेतीदोभानमा ठक्कर दिंदा दुर्घटना भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका मित्रलालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

राधाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेपनि खतरामुक्त रहेको बताइन्छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ