arrow

जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
jasapa-siraha-2079.jpg

सिराहा । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । 

जसपा प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरकाले सामूहिक राजीनामा दिएको  जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साहले  बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु  बाध्य भएर राजीनामा गर्नुपरेको उनले बताए ।

जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर विकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुःख व्यक्त गरे । पार्टीले मुख्य एजेन्डा छोडेपछि आफूहरु पार्टी परित्याग गर्न वाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए । 

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दाबी छ । जसपाका मधेश प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए । 

सिंहलाई मङ्सिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ