arrow

बाराको तीन नम्बर पुल नजिक दुर्घटना १४ जनाको घटनास्थलमै मृत्यु, २० बढी घाइते

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ असोज २० बिहिबार
308835235_2631938593607523_5735150649470314851_n.jpg

हेटाैंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।  

 नारायणगढबाट  वीरगञ्ज जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ९ पुरुष र ५ महिला गरी १४ जनाको घटनास्थलमै ज्यान गएको छ ।

बसमा अन्दाजी ३८-४० जना सवार रहेको र बाँकी सबै घाइते भएका छन् । उनीहरुलाई हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ