arrow

बारा बस दुर्घटनामा १५ जनाको मृत्यु, ३६ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
bus-accident-bara.jpg

हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।   

यसअघि प्रहरीले घटनास्थलमा १४ जनाको मृत्यु भएको बताएको थियो । चितवनको नारायणगढबाट वीरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । 

दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए । गम्भीर घाइते तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । 

घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते केहीलाई थप उपचारका लागि चितवन लगिएको छ । मृतकको सनाखत हुन बाँकी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ