arrow

बारा बस दुर्घटनामा मृत्यु भएका १६ मध्ये १४ को पहिचान (नामावलीसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
accident-amalekhjung.jpg

हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुबाहक बस पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा प्र ०६ ००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ६ जना महिला छन् ।  

मृतकमध्ये १४ जनाको पहिचान खुलेको छ । अझै दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ । ३६ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

गम्भीर घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 

मृतकको नामावली
१,    जिल्ला बारा कलैया उमनपा–२ बस्ने वर्ष (४०–४१) को लिलाराज चौधरी, सहकारी अस्पतालमा
२,    जि,चितवन खैरहनी नपा ५ बुडौली बस्ने वर्ष  ६३ की नन्द कुमारी पुडासैनी , टाउकोमा चोट  (उपचारको क्रममा) चुरेहिल अस्पतालमा
३,  जि चितवन कालिका नपा ९ रमाईलो चोक बस्ने बस्ने शंकर कडेलको छेरा वर्ष अ (१४–१५) का सफल कडेल, चुरेहिल अस्पतालमा
४, जिल्ला पर्सा बिरगंज मनपा १६ बस्ने वर्ष अ ६५ को सोमप्रसाद चौरासिया, हेटौडा अस्पतालमा 
५,    ऐ ऐ बस्ने अ वर्ष ३५–३६ कि मन्निदेवी चौरासिया, हेटौडा अस्पतालमा
६, जिल्ला मकवानपुर हेटौडा उमनपा ७ बस्ने वर्ष अ ५५–५६ कि शुभलक्ष्मी श्रेष्ठ, हेटौडा अस्पतालमा
७,  ऐऐ बस्ने अ. वर्ष १९–२० कि सोस्तिका श्रेष्ठ हेटौडा अस्पतालमा
८,  जिल्ला बारा कलैया उमनपा १० बस्ने अ वर्ष ३५–३६ कि नाजलिन खातुन, हेटौडा अस्पतालमा
९,    जिल्ला बारा जितपुरसिमरा उमनपा  २२ बस्ने बर्ष अ २८ को सुरेश बिक. हेटौडा अस्पतालमा
१०,    जिल्ला बारा कलैया उमनपा १० बस्ने अ।बर्ष २५र२६ को ईताजत अंसारी हेटौडा अस्पतालमा
११,    जिल्ला ओखलढुङ्गा बस्ने  लाल बहादुर बोगटी (साथमा रहेको एक्सापयर भईसकेको प्रनानिको परिचयपत्र अनुसार) हेटौडा अस्पतालमा,
१२,    जिल्ला चितवन खैरेनी नपा  ५ बस्ने वर्ष ३५ को मनोरथ पुडासैनी, हेटौडा अस्पतालमा
१३,    जिल्ला गोर्खा बस्ने वर्ष ३५ की अम्बिका कडेल, हेटौडा अस्पतालमा
१४,    जिल्ला धनुषा जनकपुर उमनपा ५ बस्ने बर्ष ५० को सन्तोष कुमार राय, पुरानो मेडिकल क्लेज चितवन

बाकी २ हेटौडा अस्पतालमा शव रहेको नामथर वतन खुल्न बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ