arrow

बडादशैंमा आज तेस्रो दिन पनि टीका लगाउने क्रम जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
dashian-tika-2079-06-21.jpg

काठमाडौं । बडादशैंको टीकाको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी रहेको छ । पहिलो दिन बुधबार विजयादशमीका दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन हिजोदेखि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी रहेको हो । 

आज तेस्रो दिन पनि सोही क्रमले निरन्तरता पाएको हो । यो क्रम पूर्णिमासम्म जारी रहन्छ । यसपालिको दशैंमा वर्षाका कारण निकै नै कठिनपूर्वक टीका लगाउने काम भइरहेको छ । वर्षाका कारण सडकहरु अवरुद्ध रहेका छन् भने नदीहरुमा पानीको सतह पनि बढेको छ । 

र पनि टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन अनुसार टीकाको क्रम चलिरहेको छ । 

देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि यो क्रम पूर्वमा पूर्णिमासम्म नै रहने भए पनि पश्चिममा भने एक दिनमात्र टीका लगाउने चलन छ । 

पछिल्लो समय भने समयानुसार चलिरहेको पनि पाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ