arrow

चुनावले बिथोलियो कांग्रेसको मेलमिलापको नीतिसहितको चियापान कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसले हरेक बडादशैंको पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसपटक नगर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले शुक्रबार मध्यान्हपछि प्रेस विज्ञप्ति जारी गर्दै चियापान कार्यक्रम नगरिने जानकारी दिएका हुन् ।
 
विज्ञप्तिमा ‘नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगरिने’ उल्लेख छ । 

२०३३ सालमा जननायक वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ । 

तर यसपालि आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन (असोज २३ गते) प्रत्यक्षतर्फको उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नु पर्ने भएको भन्दै कांग्रेसले चियापान नगर्ने भएको हो  । 

दलहरुबीच अहिलेसम्म चुनावी भागबण्डा मिलेको छैन । 



नयाँ