- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले एक साताको मौसमी सारांश सार्वजनिक गरेको छ । महाशाखाले असोज २१ गते शुक्रबारदेखि असोज २७ गते बिहीबारसम्मको साप्ताहिक कृषि–मौसम पूर्वानुमान सार्वजनिक गरेको हो ।
महाशाखाका अनुसार देशका अधिकांश भूभागमा साताको शुरुमा सामान्यदेखि पूर्ण बदली तथा साताको मध्य र अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।
त्यस्तै साताको शुरुमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
साताको मध्यमा र अन्त्यमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले साताको शुरु र मध्यमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरुमा अधिकतम तापक्रम केही घट्ने र साताको अन्त्यमा उल्लेखनीय परिवर्तन नहुने र देशका अधिकांश भूभागमा न्यूनतम तापक्रम केही घट्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले एक साताको मौसमी सारांश