arrow

एमालेले कमल थापालाई पत्याएन, मकवानपुरमा टुङ्ग्यायो उम्मेदवार

logo
रविन्द्र गौतम,
प्रकाशित २०७९ असोज २१ शुक्रबार
Kp-oli-And-Kamal-thapa.jpg.jpeg
तस्बिर – फाइल ।

हेटौंडा । आगामी निर्वाचनका लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छानेको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि एमाले मकवानपुरले जिल्लाको दुवै क्षेत्रमा उम्मेद्वार टुङ्याएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जनकारी दिए ।

एमालेले मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा रामेश्वर राना र क्षेत्र नम्बर २ मा महेश बर्तौलालाई उम्मेदवार बनाउने बताएको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश ‘क’ मा कमल विष्ट, ‘ख’ मा एकालाल श्रेष्ठले चुनिएका छन् । 

त्यस्तै क्षेत्र नम्बर २ को  ‘क’ मा विष्णु ढकाल र ‘ख’ मा लालबहादुर थापाले टिकट पाएका छन् । योसँगै मकवानपुरमा एमाले र राप्रपा नेपालसँगको तालमेलको हल्ला टरेको हो कि भन्ने संकेत देखिएको छ । 

लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिक रहेका कारण राप्रपा नेपालका अध्यक्ष कमल थापाका लागि एमालेले उक्त क्षेत्र छाड्ने अनुमान गरिएको थियो । तर एमाले मकवानपुरले कमल थापालाई बाइपास गरेको छ । थापालाई एमालेले क्षेत्र नम्बर १ बाट उठाउनेसमेत चर्चा थियो । थापाले एमालेको सूर्य चिन्हबाट नउठ्ने र आफ्नै तीर चिन्हबाट चुनावमा जाने भनेपछि एमाले मकवानपुरले उनलाई साथ दिन नसक्ने बताएको स्रोतले जनाएको को छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ