arrow

दोस्रो पटक एउटै ठाउँबाट चुनाव लड्न डराउनेमा प्रचण्डको रेकर्ड, चितवन छाडेर गोरखा पुगे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २१ शुक्रबार
prachanda-final1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बेलुकी अबरेसम्म बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०६४ सालमा रोल्पा–२ र काठमाडौं–१० बाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं–१० बाट पराजित हुँदा सिरहा–५ वाट विजयी भएका थिए भने २०७४ मा चितवन–३ बाट विजयी प्रचण्ड २०७९ को निर्वाचनमा भने गोरखा–२ बाट उम्मेदवार हुन लागेको हुन् । 

डा. बाबुराम भट्टराईले यसअघि चुनाव जित्दै आएको गोरखा–२ बाट निर्वाचन नलड्ने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । 

माओवादी अध्यक्ष प्रचण्डले चार वटा निर्वाचनमा प्रत्येक पटक निर्वाचन क्षेत्र फेरेर नयाँ रेकर्ड बनाएका छन् । उनले चितवन ३ मा राम्रो माहोल बनाएको भए पनि अर्काे पार्टी नेपाली कांग्रेसबाट धोका हुन सक्ने खतरा देखेर गोरखा लागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ