एमाले र जसपाबीच ५२ क्षेत्रमा बाँडफाँट, बाँकीमा स्वतन्त्रता [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
1.7k
Shares
काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन क्षेत्रमा सिट बाँडफाँट भएको छ । दुई दलबीच भएको चुनावी गठबन्धनमा प्रतिनिधि सभामा ५२ क्षेत्रमा सहमति भएको हो ।
जसमा एमालेले ३५ तथा जसपाले १७ सिटमा चुनवाी एकता गरेका छन् । बाँकी क्षेत्रमा भने उम्मेदवार उठाउन स्वतन्त्र रहेको पनि उल्लेख छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै पार्टीबीच निर्वाचनपछि पनि सहकार्य निरन्तर हुने उल्लेख छ ।