arrow

आफ्नै घरको बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
BalKrishna-Dhungel.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा एमालेका पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उनको मृत्यु भएको हो ।

दशैंको समयमा परिवारका सदस्य जिल्ला बाहिर गएका बेला उनी एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाएको छ । 

विगतमा नेकपा माओवादी पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि एमालेमै बसेका थिए । ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बसेका थिए । 

यसअघि उनी संविधानसभाका सदस्यसमेत बनेका थिए । 



नयाँ