- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमाले मकवानपुरमा तालाबन्दी गरिएको छ । एमाले नेता तथा कार्यकर्ताले मध्यान्हमा हेटौंडा ५ मा रहेको पार्टी कार्यालयमा ताला लगाएका हुन् ।
मकवानपुर क्षेत्र नम्बर १ मा रामेश्वर रानालाई हटाएर केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने भएपछि रुष्ट बनेका नेता तथा कार्यकर्ताले ताला लगाएका हुन् । पार्टी कार्यालयमा उपस्थित युवा कार्यकर्ता आक्रोशित बन्दै कमल थापालाई कुनै पनि हालतमा भोट हाल्न नसकिने बताएका छन् ।
अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा एमाले नेता तथा कार्यकर्ता उपस्थित भएका छन् ।