arrow

कमल थापाले उम्मेदवारी दर्ता गराए, चुनावमा एमालेको चिन्ह 

logo
रविन्द्र गौतम, 
प्रकाशित २०७९ असोज २३ आइतबार
kamal-thapa-election-2079.jpg

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

उनको समर्थकमा गुरुप्रसाद सापकोटा र प्रस्तावकमा राजाराम बर्तौला रहेका हुन् । नेता थापाको साथमा उनका भाइ गणेश थापा पनि रहेका थिए । 

नेता थापाले नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने छन् । 

एमालेमा विरोध

नेकपा एमाले मकवानपुरमा तालाबन्दी गरिएको छ । एमाले नेता तथा कार्यकर्ताले मध्यान्हमा हेटौंडा ५ मा रहेको पार्टी कार्यालयमा ताला लगाएका हुन् ।

मकवानपुर क्षेत्र नम्बर १ मा रामेश्वर रानालाई हटाएर केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने भएपछि रुष्ट बनेका नेता तथा कार्यकर्ताले ताला लगाएका हुन् । 

पार्टी कार्यालयमा उपस्थित युवा कार्यकर्ता आक्रोशित बन्दै कमल थापालाई कुनै पनि हालतमा भोट हाल्न नसकिने बताएका छन् ।

अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा एमाले नेता तथा कार्यकर्ता उपस्थित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ