arrow

गठबन्धनबाट उपेन्द्र बाहिरिएपछि देउवालाई 'हाइसन्चो'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
upendra-yadavs.PNG
फाइल तस्बिर

काठमाडौँ। सत्तारुढ गठबन्धनबाट चिनियाँ एजेन्ट उपेन्द्र यादव बाहिरिएपछि प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई हाइसन्चो भएको छ। निरन्तर अनावश्यक बार्गेनिङ गर्ने र चिनियाँ स्वार्थको कुरा गर्ने जसपाका अध्यक्षसमेत रहेका चिनियाँ एजेन्ट यादव बाहिरिएको २४ घण्टा नबित्दै उनले लोकतान्त्रिक समाजवादीलाई गठबन्धनमा भित्र्याएका छन्। 

बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई भित्र्याएका छन्। 

जसपा अध्यक्ष यादव शुक्रवार बालुवाटारमा बसिरहेको बैठक छोडेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।  जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ।  

बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गर्ने भएपछि सत्तारुढ गठबन्धनले लोसपालाई बैठकमा सहभागी गराएको हो।

मधेसका जनताको नाममा राजनीति गर्ने र अन्तिममा मधेसी जनतालाई नै धोका दिँदै आएका अवसरवादी नेता उपेन्द्र यादवले पनि अन्तिममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शरण खोजेका छन्। 

यसअघि पनि उनलाई एमालेसँग मिल्‍नका लागि चर्को दबाब परेको थियो। उक्त दबाबलाई थेग्न नसकेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको विषयलाई मुद्दा बनाएर ओलीको शरणमा जाने योजना अघि सारेका हुन्। 

एमसीसी पारित गर्दा सहयोग गरेको भन्दै उपेन्द्र यादवसँग रुष्ट बनेको चीनले उनलाई तत्काल नेकपा एमालेसँग मिल्‍नका लागि दबाब दिएको स्रोतहरूले जनाएको थियो। मधेसमा चिनियाँ प्रभावलाई विस्तार गर्न नसकेको आरोप पनि यादवमाथि लाग्दै आएको थियो। 

यी सबै आरोपहरूको सफाइ दिनका लागि उनले सत्ता गठबन्धनमा रहेको भागबन्डाको कुरालाई नै मुद्दा बनाएर ओलीसँग मिल्‍नसक्ने योजना अघि सारेका हुन्। तर, ओलीसँग मिल्‍नका लागि उनलाई त्यति सहज भने देखिँदैन।

नेकपा एमालेसँग तालमेल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि तयार नभएपछि जसपासँग एमालेले हात अघि बढाएको हो। 

२५ सिटको अडानमा रहेको जसपालाई काँग्रेस र माओवादी भने जति दिन तयार छैनन्। यस्तो अवस्थामा उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरिरहेका छन्।

यस्तोमा यदि मागे जति सिट आफूले नपाउने हो भने विकल्पमा जाने निष्कर्ष यसअघि नै जसपाले निकालिसकेको छ। जसपाले सत्ता गठबन्धनबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ