arrow

प्रभु साहको विद्रोह, स्वतन्त्र उम्मेदवारी दिए, एमालेलाई धक्का

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ असोज २३ आइतबार
prabhu-sah-election-2079.jpg

रौटहट । नेकपा एमालेका नेता प्रभु साहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् । उनले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै बागी उठेको जनाएका छन् ।

एमाले र जसपाको चुनावी गठबन्धनप्रति असन्तुष्ट रहेका नेता साहले मधेस प्रदेशमा आफूले सिफारिस गरेका व्यक्तिले  टिकट नपाएपछि अन्तिम समयमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

उनको स्वतन्त्र उम्मेदवारीले रौतहटमा एमालेलाई ठूलो घाटा हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ