arrow

उम्मेदवारी दर्तापछि बजगाईले भने – गठबन्धनमा इमानदारी हुने विश्वास छ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
rajendra-bajgai-evergreen.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले गोरखामा सत्ताधारी गठबन्धन इमानदार हुने विश्वास व्यक्त गरेका छन् । गोरखा १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका बजगाईले गठबन्धन इमानदार भएमात्र दुवै क्षेत्रमा गठबन्धनको जित सुनिश्चित हुने बताए । 

उम्मेदवारी दर्ता गरेपछि उनले भने, ‘म निकै उत्साही छु । गठबन्धनमा इमानदारी हुन्छ भन्ने विश्वास छ । किनकि प्रचण्ड २ नम्बरबाट उठ्नु भएको छ । चेक एन्ड ब्यालेन्स हुने भएकाले इमानदारी स्पष्ट देखिने हुन्छ । जित्नेमा आशावादी छु ।’

२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको चुनावी एकताबाट माओवादीका नेता हरिराज अधिकारी विजयी भएका थिए । 

कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठ सो क्षेत्रबाट पराजित भएका थिए । यसपालि भने एमाले एक्लै मैदानमा हुँदा माओवादीको साथ कांग्रेसलाई रहेको छ । 

त्यसैगरी गोरखा २ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट यसअघि डा. बाबुराम भट्टराई विजयी भएका थिए । कांग्रेसले भट्टराईलाई साथ दिएको थियो । एमाले र माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठले चुनाव लडेका थिए । तर भट्टराई विजयी भए । 

यसपालि भट्टराईले चुनाव लडेनन् । नारायणकाजीले पनि लडेनन् । चितवन ३ बाट प्रचण्ड गोर्खा आएका हुन् । 

गठबन्धनका नेता कार्यकर्ता र मतदाताबीच इमान भयो भने दुवै क्षेत्र गठबन्धनले जित्नेमा दुईमत छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ