arrow

गैँडाको आक्रमणबाट घाइते महतोको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २५ मंगलबार
rhino-chitwan.JPG

चितवन । चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको मृत्यु भएको  छ । उनलाई यही असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैँडाले आक्रमण गरेको थियो । 

गैँडाको आक्रमणबाट घाइते उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा  थप उपचारका लागि हिजो सोमबार काठमाडौं लगिएकामा आज बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ