arrow

जिप दुर्घटना हुँदा चालक रहेनन्, घाइते तीनमध्ये एक गम्भीर  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
accident-final-1618290232.jpg

बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन् । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो । 

काठमाडौं आउदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च  ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिँदा चालकसहित ४ जना घाइते भएका थिए । 

घाइतेहरुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । 

घाइते भएकामध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ