arrow

घनश्याम भुषाललाई सघाउन एमालेका नेताहरुबाट पार्टी परित्याग  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
ghanashyam-bhusal.jpg
तस्बिर – फाइल ।

बुटवल । पार्टीले टिकट नदिएपछि एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुषाललाई सघाउन एमालेका नेताहरुले पार्टी परित्याग गरेका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका दुई सदस्यसहित ३१ जना नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । 

रुपन्देहीको क्षेत्र नं १ का मतदाता रहेका उनीहरुले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनीहरूले प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका भुषाललाई सहयोग गर्ने घोषणासमेत गरेका छन् ।

पार्टी परित्या गर्नेमा रुपन्देही १ अन्तर्गत रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य सनोजकुमार यादव, एमाले प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका कमिटी सचिव इन्द्रजितकुमार राय लगायत हुन् । 

नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिबाट मुक्त भएकोसमेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ