arrow

पाँच वर्षका लागि निकालिए कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
congress-party-office-final.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका बागी उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले प्रेस विज्ञप्ति जारी गरी सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार बनेकाहरुलाई एकमुष्ट पाँच वर्षका लागि कारबाही गरेको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारबाही गरिएको जनाएका हुन् । 

गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको भए पनि अधिकांश प्रभावशाली नेताहरुले भने फिर्ता लिएनन् ।

यस्तो छ प्रेस विज्ञप्ति–
प्रेस विज्ञप्ति
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनदलहरु र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति अनुरुप नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमतिका आधिकारीक उम्मेदवार विरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ ।

कृष्णप्रसाद पौडेल

  मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ