arrow

राजधानीको होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु, दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
Arrest-Crime.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा जलेर एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । होटलको कोठामा जलेकी २३ वर्षीया महिलाको उपचारका क्रममा मङ्गलबार कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले महिलाको मृत्युबारे छानविन गर्न मङ्गलबार नै दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

पक्राउ पर्नेमा होटलका कर्मचारी पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका केशव रिजाल रहेका छन् । महिला होटलमा जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर नगरी अस्पताल लगेकाले घटना शङ्कास्पद भएकाले प्रहरीले आवश्यक अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए । 

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ