arrow

कांग्रेसका दुई उम्मेदवार अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
gururaj.jpg


मोरङ । नेपाली कांग्रेसका दुई उम्मेदवार अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।  स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्  । 

मोरङ निर्वाचन क्षेत्र नं. ३ (क) का लागि प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापालाई  ज्वरो आएर  निको नभएकाले  मङ्गलबार नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो । प्रदेश नं. १ को वन, वातावरण तथा भू– संरक्षण मन्त्रीसमेत रहेका उनले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । 
 
यस्तै गठबन्धनकोतर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ४ (क) का लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्वकेन्द्रीय समिति सदस्य गुरूराज घिमिरेलाई डेंगी संक्रमण भएर  ज्वरो आउनका साथै वाकवाकी लागेकाले यही असोज २३ गते नोबेल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए  । असोज २३ गते नै उम्मेदवारी दर्ता गराउन काठमाडौबाट विराटनगर आएका उनी मनोनयन दर्ता गराए लगत्तै नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । 

उम्मेदवार थापालाई नोबेल मेडिकल कलेजको न्यूरो डिलक्स वार्डको १० नम्बर कोठामा भर्ना गरिएको छ भने अर्का उम्मेदवार घिमिरेलाई सोही वार्डको नौ नम्बर कोठामा भर्ना गरिएको गरिएको छ । 

ज्वरोले च्याप्दै लगेको र निको नभएपछि थापालाई नोबेलमा चिकित्सकको सल्लाह बमोजिम भर्ना गरिएको थियो । प्रत्यासी थापा र घिमिरेको उपचार उक्त मेडिकल कलेजका प्राचार्य एवं छाती रोग विशेषज्ञ डा. रामहरि घिमिरेको रेखदेखमा भइरहेको छ । 

डा. घिमिरेले उम्मेदवार थापाको ज्वरो आउनुका मुख्य कारण अझै पत्ता लागिनसकेकाले विभिन्न जाँचहरू भइरहेको बताए। अर्का उम्मेदवार घिमिरेको भने स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र दुई तीन दिनमा नै डिस्चार्ज हुनसक्ने सम्भवाना रहेको उनले जानकारी दिए



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ