- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नवौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपीएफले बिजयी शुरुआत गरेको छ ।
म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एफीएफले २५-६, २५-०२ र २५-०७ को सेटमा कर्णालीमाथि जित निकालेको थियो ।
महिला भलिबलमा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको छ ।
शुक्रबार हुने तीन खेलमध्ये बागमती प्रदेश र प्रदेश १, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशका खेल हुँदैछन् ।