- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी शुरुआत गरेको छ ।
साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-११ मा सहज जित निकाल्यो ।
लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र बागमतीबीच हुने छ ।
पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् ।
दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।