arrow

टेनिस प्रतियोगिता शुरु, नौ टिम प्रतिस्पर्धामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
lan-tenis-nepal.jpeg

पोखरा । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत टेनिस खेल शुभारम्भ भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच मुख्य टेनिस प्रशिक्षक रेणुदेवी कोण्डालाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे । 

टेनिसमा आयोजक गण्डकी प्रदेशसहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुदूरपश्चिम र एनआरएनए गरी नौ टोलीले भाग लिएका छन् ।

टेनिसमा महिला तथा पुरुष टिम इभेण्ट, महिला डबल्स, पुरुष डबल्स, मिक्स, महिला व्यक्तिगत र पुरुष व्यक्तिगत गरी सात विधामा प्रतिस्पर्धा हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सात स्वर्ण, सात रजत र १४ कास्यका लागि ८० जना खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ । 

टेनिसमा पुरुषतर्फ नेपालको नम्बर १ वरियताका खेलाडी प्रदीप खड्को गण्डकी प्रदेशबाट र महिलातर्फ शीर्ष वरियताका अभिलाशा विष्ट नेपाली सेनाको टोलीबाट खेल्नेछिन्

पोखरा रंगशालामा टेनिसका छ वटा कोर्ट छन् । चार वटामा टेनिस र दुईवटामा सफ्ट टेनिसका खेल हुने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए । 

कार्यक्रममा सदस्य सचिव घिसिङले नीजि क्षेत्रको लगानीमा टेनिसका खेल पूर्वाधार निर्माण हुनु अत्यन्त प्रशंसनीय रहेको बताए ।

उनले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई उच्चतम प्रदर्शन गरी विजयको शुभकामना व्यक्त गरे । 



नयाँ