arrow

महिला हक्कीमा नेपाल आर्मी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
hockey.jpg
फाइल तस्वीर

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला हक्कीतर्फ आज भएको दोस्रो दिनको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । 

आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मीले ८-० को  गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो । 

खेलको पहिलो क्वाटरमा आर्मीका तर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् ।

खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आर्मीकै तर्फबाट सीमा खड्काले गोल गरेकी थिइन् । 

खेलको दोस्रो क्वाटरमा सीतामाया बलले पुन एक गोल गरिन् । १८ औं मिनेटमा उनले गोल गरेपछि २४ मिनेटमा आर्मीकै तर्फबाट कमला चन्दले पुनः एक गोल गरिन् ।  

त्यस्तै तेस्रो क्वाटरमा सीतामाया र सुनिता नेगीले आर्मीका लागि १-१ गोल गर्न सफल भए । ३९ औं मिनेटमा सुनिताले गोल गरेको एक मिनेट लगत्तै सीतामायाले गोल गरेकी थिइन् । 

अन्तिम क्वाटर फाइनलमा आर्मीका तर्फबाट कमला चन्द र सुनिता नेगीले पुन एक-एक गोल गरेका थिए । 

यो सँगै आर्मीले खेल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । यसपछिको खेल लुम्बिनी र गण्डकी प्रदेशबीच हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ