- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी शुरुआत गरेको छ ।
वालिङमा भएको दोस्रो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३३ औं मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।
यस्तै, खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरेर टिमलाई विजयी गराए ।