arrow

राप्रपा नेपालको उम्मेद्वारी फिर्ता, एमालेलाई सघाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
Surya Banstola.jpg

पोखरा । कमल थापा नेतृत्वको राप्रपा नेपालले कास्कीमा उम्मेद्वारीी फिर्ता लिएको छ । सो पार्टीले अब नेकपा एमालेका उम्मेद्वारलाई सघाउनेछ । 

दुवै पार्टीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा नेपालकातर्फबाट उम्मेद्वारी दिएकाहरुको उम्मेद्वारी फिर्ता गरि नेकपा (एमाले)लाई सघाउने सहमति भएको जनाइएको छ । 

‘आशन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा हामी दुई राजनीति दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपा नेपाल कास्की जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्की जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी फिताए गरि निःशर्त रुपमा नेकपा (एमाले)का उम्मेदवारहरुलाई बिजयी गराउन सहयोग गर्नेगरि सहमति गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति राप्रपा नेपाल कास्कीका सचिव एवं केन्द्रीय सदस्य सूर्य बास्तोला, उपाध्यक्ष बीरबहादुर तमाङ, नेकपा (एमाले) कास्कीका सचिव बैनबहादुर अधिकारी, कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले हस्ताक्षर गरेका छन् ।

राप्रपाका केन्द्रीय सदस्य बास्तोलाले दुवै पार्टीको केन्द्रीय सहमति र निर्देशन बमोजिम कास्कीमा यस्तो सम्झौता भएको बताए । यो सम्झौताले कास्कीको राजनीतिमा पनि ठूलो अर्थ राख्ने उनको विश्वास छ । 



नयाँ