arrow

महिला भलिबलमा एपीएफ, बागमती र पुलिस विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
women volleyball.jpg

म्याग्दी । विभागीय टिम एपिएफ, नेपाल पुलिस र बागमती प्रदेश नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला भलिवलको दोस्रो दिनको खेलमा विजयी भएका छन् । 

म्याग्दीको बेनीमा भएको पहिलो खेलमा एपिएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई पराजित गरेका हुन् । तीन वटै खेल लगातार सोझो सेटमा सकिएको थियो । 

एपिएफले कर्णालीलाई २५-६, २७-२ र २५-७ को सोझो तीन सेटमा पराजित गरेको थियो । बागमतीले प्रदेश एकलाई २५-१७, २५-१२ र २५-१२ को सोझो तीन सेटमा पराजित गर्यो । नेपाल पुलिस क्लवले लुम्बीनी प्रदेशलाई २५-१०, २५-११ र २५-१९ ले पछि पर्यो । 

शुक्रबारको खेलमा एपिएफकी पवित्रा भट्ट, बागमतीकी सलिना बुढाथोकी, र पुलिसकी लक्ष्मी चन्द्रले वमेन अफ म्याचको उपाधी पाए । बिहीबार भएको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिमलाई सोझो तीन सेटमा पराजित गरेको थियो । 

समूह विजेता बन्दै गण्डकी र नेपाल पुलिस क्लव क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार कर्णाली प्रदेश र त्रिभुवन आर्मी, मधेश प्रदेश र प्रदेश एक बीच प्रतिस्पर्धा हुनेछ । 



नयाँ