- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलमा एपिएफ क्लव विजयी भएको छ । एपिएफले कर्णाली प्रदेशलाई १६-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको पाचौं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिईन । लगत्तै खेलको नवौं मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।
खेलको १३औँ मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गरिन भने १८औँ मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गर्दै ह्याट्रिक गरिन् ।
खेलको १९ औँ मिनेटमा सरु लिम्बुले पाँचौ गोल गरिन् भने २१औँ मिनेटमा प्रिति राईले छैँटौँ गोल गरिन् । २७औँ मिनेटमा अनिताले, ३६औँ मिनेटमा सरुले, ४५औँ मिनेटमा सावित्रा व्यक्तिगत चौथोसंगै टोलीलाई नौ गोलको अग्रता दिलाइन् ।
सविता रानाले पहिलो हापको इन्जुरी समयमा एपीएफका लागि दर्शौँ गोल गरिन् । खेलको ४८औँ मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दै टोलीका लागि ११ औँ गोल गरिन् ।
खेलको ५२औँ मिनेटमा सावित्राले, ६१औँ मिनेटमा मनमाया लिम्बुले, ७१औँ मिनेटमा गिता रानाले र खेलको ८३औँ र ८६औँ मिनेटमा रविना गोलेले टोलीका लागि १५औँ र १६औँ गोल गरिन् ।