arrow

महिला फुटवलमा प्रदेश नं. १ विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
province 1.jpg

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नंं. १ विजयी भएको छ । 

स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नं. १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २-१ गोल अन्तरले पराजित गर्दै जित हात पारेकोे हो ।
 
शनिबारको खेलमा अञ्जना थुलुङ राईले ३६औँ मिनेटमा गोल गर्दै प्रदेश नं. १ लाई अग्रता दिलाइन् । 

दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश नं. १ की नै अनिता गुरुङले थप १ गोल गर्दै प्रदेश नं. १ लाई जित नजिक पुर्याइन् ।
 
खेलको उत्तरार्द्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले घरेलु टोली गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ