arrow

पोखरामा नयाँ जलपरीः एस्लीले जितिन् तीन स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २९ शनिबार
Swumming.jpg

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जितेकी छिन् । पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्षमा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी हुन् ।

डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्न् । उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् । आर्मीकी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२ः५२ मिनेटसहित कास्य जितिन् । 

यस्तै, १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट २ः८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन् । यस्तै, आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १ः८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६ः२ को समय निकाल्दै कास्य जितिन् ।

डंगोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६ः४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्  । रजत जितेकी बागमतीकी आर्जु थापा मगरले ३ मिनेट १७.९९ सेकेन्डको समय निकालिन् । कास्य जितेकी प्रदेश एककी उपासना राईले ४ मिनेट २८.८६ सेकेन्डको समय निकालिन् ।

यस्तै, पौडीको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।

यसअघि सर्ट कोर्षको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो । उनले २०१९ मा यो कीर्तिमान बनाएका थिए । दोर्जेको २ मिनेट १६ः५० सेकेन्डको कीर्तिमान रहेको थियो । तेन्जिङको यो दोस्रो स्वर्ण हो । यसअघि उनले ५० मिटर बटरफ्लाईमा स्वर्ण जितेका थिए  ।

यस स्पर्धामा प्रदेश नं. १ का प्रारम्भ भण्डारीले २ मिनेट २३ः६४ सेकेण्डको समय निकाल्दै रजत जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५ः२३ सेकेन्डको समय निकाल्दै कास्य जिते ।

१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९ सेकेण्ड लगाएका त्रिभुवन आर्मीका नासीर याहा हुसेनले आज बिहान भएको प्रतियोगितामा १६ मिनेट ५० सेकेण्डमा दूरी पूरा गरेका हुन् । 

उनले यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गरेका हुन् । एनआरएनका आशिष साप्कोटाले १६ मिनेट ५७ सेकेण्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् ।

आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै दोहना लामाले २ मिनेट ३१ सेकेण्डमा पुरा गर्दै गौरीका सिहंको २ मिनेट ३२ सेकेण्ड रहेको थियो ।

पौडी प्रतियोगितामा २०३ जना खेलाडीहरु सहभागीता जनाएको नेपाल पौडी संघका अध्क्षय अशोक बज्राचार्यले जानकारी दिए ।

२५ मिटर हिटदेखि १५ सय मिटर हिटसम्म  हुने कार्यक्रमको भोलि बिहान ८ सय मिटर पौडी खेल प्रतियोगिताको फाइनल हुने बज्राचार्यले बताए । 

नेपाल पौडी खेल संघका केन्द्रीय अध्क्षय अशोक बज्राचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् । फ्रि स्टाइल, व्रेष्ट स्टोक, वटरफ्लाई, बटरफ्लाई व्याक स्टोक र आइएम गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।



नयाँ