arrow

एलन मस्कको यु-टर्न, युक्रेनमा स्टारलिंकको इन्टरनेट जारी राख्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
elon musk.png

काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कले युद्धग्रस्त युक्रेनमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा जारी राख्ने बताएका छन्। यसअघि उनले यस इन्टरनेटका लागि खर्च व्यहोर्न नसक्ने भन्दै सेवा रोक्न सक्ने बताएका थिए ।

'दि हेल विथ इट' मस्कले शनिबार ट्विटरमा लेखेका छन्, 'यद्यपि स्टारलिङ्कले अझै पनि पैसा गुमाइरहेको छ र अन्य कम्पनीहरूले अर्बौं करदाता डलर प्राप्त गरिरहेका छन्, हामी युक्रेन सरकारलाई निःशुल्क रूपमा इन्टरनेटका लागि रकम उपलब्ध गराउने छौं।'

यद्यपि, मस्कको यो निर्णयमा विश्वास गर्न सकिन्छ या सकिदैन भन्ने आउँदा दिनले देखाउनेछ । गत शुक्रबार मस्कले आफ्नो कम्पनीले युक्रेनमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट निशुल्क उपलब्ध गराउन खर्च गर्न नसक्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ