arrow

खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३० आइतबार
Dead-body-jhapa-raju.jpg
फाइल तस्बिर

दाङ। दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जङ्गलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरू तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए। उनीहरूको शव आइतबार जङ्गलमा गाडिएको अवस्थामा फेला परेको हो।

घटना शङ्कास्पद भएको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ