arrow

काँकडभिट्टाबाट भैरहवा जाँदै गरेको बस सर्लाहीमा दुर्घटनाग्रस्त, घाइते २३ मध्ये चालककी छोरीसहित दुई गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
accident-final-1618290232.jpg

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापातर्फ पठाइएको छ । 

अन्य घाइतेहरुको गढिमाई अस्पतालमा उपचार भइरहेको छ । काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो । 

दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् । 

चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ