arrow

एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
football.jpg

पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लब पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले बागमती प्रदेशलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पोखराको लामाचौरस्थित गोस्तेघाट खेलमैदानमा भएको खेलमा बागमतीले शुरुआती अग्रता जोगाउन नसक्दा पराजय व्यहोर्नुपर्यो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै बागमतीलाई शुरुआती अग्रता दिलाएका थिए ।

प्रतियोगिताको दोस्रो हाफ भने बागमतीको पक्षमा रहेन । खेलको ६५औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई खेलमा फर्काए । त्यसको एक मिनेटपछि अर्थात् ७६औँ मिनेटमा नवीन लामाले गोल गर्दै एपिएफलाई अग्रता दिलाए ।



नयाँ