arrow

बीटीएस ब्याण्डका के-पप स्टारहरु दुई वर्षका लागि सेनामा भर्ती हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १ मंगलबार
bts-service-bts-band-korea.jpg

काठमाडौं । विश्वको सबैभन्दा ठूलो केटाहरुको ब्यान्ड बीटीएसले राष्ट्रिय सेवाको लागि दक्षिण कोरियाली सेनामा सामेल हुने भएका छन् । यससँगै यी स्टारहरुलाई भर्ती हुन छुट दिने वा नदिने भन्ने बहसलाई समाप्त गरेको छ ।

दक्षिण कोरियामा १८ वर्ष पुगेपछि शारीरिक रुपमा योग्य सबै पुरुषहरुले अनिवार्य रुपमा दुई वर्ष राष्ट्र सेवाका लागि सेनामा भर्ती हुनुपर्छ । अहिले पनि टेक्निकल्ली उत्तर कोरियासँग युद्धमा भएका कारण दक्षिण कोरियाले यो अनिवार्य गरेको छ ।

सात सदस्य रहेको बीटीएस ब्यान्डका स्टारहरुलाई ३० वर्ष नहुँदासम्म सेवामा भर्ती नभए पनि हुने गरी छुट दिइएको थियो । ब्यान्डका सबैभन्दा जेठा जिन हाल २९ वर्षका छन् भने सबैभन्दा कान्छा २४ वर्षकाले पनि आउँदो महिनादेखि सेनामा सामेल हुन तयारी गर्ने उनका एजेन्टले बताएका छन् ।

सन् २०२० मा दक्षिण कोरियाको संसदले सबैभन्दा ठूला केपप स्टारहरुलाई ३० वर्षको उमेरसम्म सेनामा सामेल हुने आफ्नो कर्तव्यहरूलाई ३० वर्षसम्मका लागि सार्न अनुमति दिने विधेयक पारित गरेको थियो ।

गत महिना बीटीएसका स्टारहरुले आफूहरुले केही समयको छुट लिने र केहीले आफ्नो अलगै प्रोजेक्ट अघि बढाउने घोषणा गरेको थियो । त्यसपछि यो विषय बाहिरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ