arrow

४२ हजार किलो चिनी सशस्त्रको नियन्त्रणमा 

logo
रबिन्द्र यादव,
प्रकाशित २०७९ कार्तिक २ बुधबार
sugar-apf.JPG

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा ९० लाख मूल्य बराबरको ४२ हजार किलो अवैध चिनी सहित २ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं.२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर बोहराको कमाण्डमा खटिएको टोली र महेशपुर भन्सार कार्यालयबाट खटिएको संयुक्त गस्ती टोलीले ना ६ ख २१९७ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।

यसै गरी आजै बिहान रामग्राम नगरपालिका वडा नं.५ स्थित परासी - भैरहवा हुलाकी मार्गमा लु १ ख ९८७१ नम्बरको ट्रक सहित ४२० बोरा (२१ हजार किलोग्राम) चिनी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको चिनी सहित ट्रक आवश्यक कारबाहीको लागी सुरक्षा समेत प्रदान गरी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका सूचना अधिकारी केशव राज थापाले बताए ।

 सशस्त्र प्रहरी नेपाल गण नं २६ बेलाशपुरका गणपति रूप कुमार क्षेत्रीको कडा निर्देशनमा धमाधम अवैध सरसामान नियन्त्रणमा लिएर भन्सार पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको हो ।

 गण मातहतका सम्पूर्ण वीओपी र कमान्ड पोस्टलाई भन्सार छलेर ल्याइएको अवैध समानहरू नियन्त्रणमा लिन कडा निर्देशन आएको एक अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ