arrow

एमाले–राप्रपा संयुक्त भेला

आफ्नै कार्यकर्तालाई राजेन्द्र लिङ्देनको चेतावनी, सूर्यमा भोट नहाले चुनावपछि कार्यकर्ता नरहने स्पष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २ बुधबार
rajendra-lingden.jpg

धुलाबारी । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् । 

धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।

एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका हुन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि बुधबार संयुक्त भेला आयोजना गरिएको हो । 

ओली तीन दिनका लागि झापा गएका हुन् । तर हिजो उनलाई ज्वरो आएपछि सबै कार्यक्रम स्थगित गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ