arrow

प्रचण्ड पत्नी अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
sita-dahal.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई बुधवार अस्पताल भर्ना गरिएको छ । 

 सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको हो ।

उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहेको छ । उनलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको बताइएको छ ।

सीता दाहाल लामो समयदेखि दुर्लभ पार्किसन्स रोगबाट पीडित छिन् । उनको अमेरिका, भारतलगायत विभिन्न देशका अस्पतालमा उपचार हुन नसकेपछि घरमै स्वास्थ्य लाभ गरिरहेकी थिइन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ