- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विभाजित गराउन खोजिएको भन्दै गुनासो गरेका छन् । प्रचण्डले गोरखा रोज्नुको कारण खुलाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो गुनासो गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा धेरै गुट तथा उपगुट भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पार्टीभित्र आफू र प्रचण्डबीचमा विभाजित गराउन खोजिएको भन्दै आफूहरू असाधारण एकता रहेको बताए । एक अर्काको पक्षधर लिएर गाली गर्ने काम नगर्न उनले चेतावनी दिए । पार्टी भित्र रहेका गुट, उपगुटलाई अन्त्य गर्न आफूहरू लागिपरिरहेको पनि उनले बताए ।
उनले गोरखा २ बाट प्रचण्डलाई नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताए। प्रचण्ड युवा अवस्थामा गोरखामा शिक्षण पेशामा आबद्ध भएको र नेपालको एकीकरण गर्ने थलो गोरखा भएकाले प्रचण्डले गोरखा रोजेको उनले बताए ।