arrow

गोलबजारमा ट्रकले बसलाई ठक्कर दियो, घाइते तीसमध्ये तीन गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३ बिहिबार
truck-accident-tarai.jpeg

सिराहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार ८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् । 

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक  राजु केसीले जानकारी दिए । 

गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ