arrow

कांग्रेसलाई एक अर्ब बढीको दान गर्ने मैयादेवी अस्वस्थ्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार
maiyadevi.jpg

चितवन । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठ अस्वस्थ भएकी छन् । गत असोज २५ गतेदेखि उनी निमोनियाबाट अस्वस्थ भएकी हुन् ।

उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । उनका धर्मपुत्र टङ्कनाथ पौडेलका अनुसार पन्चानब्बे वर्षीया वरिष्ठ समाजसेवी श्रेष्ठ चितवन मेडिकल कलेजमा उपचाररत छिन् । 
श्रेष्ठ गोर्खा क्षेत्र नम्बर २ बाट विसं २०४८ मा निर्वाचित भएकी थिइन् । त्यसपछि उनी राष्ट्रियसभा सदस्यमा मनोनीतसमेत भएकी थिइन् । 

 कांग्रेसको केन्द्रीय कार्यालय, चितवनस्थित जिल्ला कार्यालय, भरतपुर महानगरपालिका–१ को कार्यालयसँगै मैयादेवी कन्या कलेज, नेपाल प्रेस युनियन चितवन, ओम शान्तिलगायतका सङ्घ संस्थालाई उनले जग्गा दान गरेकी छन् । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् । 

धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्ब भन्दा माथिको रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ