arrow

शुक्राणु दान कानूनले समलिङ्गी र एकल महिलालाई बच्चा जन्माउन नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ४ शुक्रबार

काठमाडौं । जापानमा यसै वर्षदेखि लागु हुने गरी प्रस्तावित नयाँ कानूनले समलिङ्गी र एकल महिलालाई शुक्राणु दानबाट बच्चा जन्माउन रोक लगाउने भएको छ । लेस्बियन, गे र एकल महिलाहरुले वर्षाैंदेखि दानमा पाएको शुक्राणुबाट सन्तालाई जन्म दिँदै आएका छन् । यद्यपि, यसलाई रोक्ने कानुन भने छैन् ।

बालबालिकाहरुको अधिकारको रक्षाका लागि यो कानुनले काम गर्ने ठानिएको छ । यद्यपि, वैधानिकरुपमा विवाहित महिला र पुरुष र खासगरी पुरष सन्तानोत्पादनका लागि असक्षम भएको स्थितीमा पनि यसरी बच्चा जन्माउन अनुमति दिनेछ ।

जापनले समलींगी बिबाहलाई मान्यता दिँदैन । तर, बच्चा जन्माउन चाहने एकल महिलाहरुले यो निर्णयको आलोचना गरेका छन् । विवाहपूर्व सम्बन्धमा रहेका महिलाहरु पनि यो निर्णयलाई लिएर दुखी छन् ।

जापनको सरकारी निकाय जेएसओजीले देशभर र्वीय दान एवं यस्तो प्रक्रियाको नियमन गर्दै आएको छ । नयाँ कानुन पनि सोही निकायले लागु गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ